औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा स्वागत छ
औद्योगिक गतिविधिको माध्यमबाट क्षेत्रीय आधारमा देशको सन्तुलित आर्थिक विकास गर्ने मूल उद्धेश्यकासाथ न्यून पुंजी, स्थानीय स्रोत, साधन तथा सीपलाई उद्योगधन्दातर्फ प्रवाहित गर्ने हेतुले सरकारको अग्रसरतामा असंगठित रुपमा रहेको निजी क्षेत्रलाई व्यावसायिक ढंगले उद्योग क्षेत्रमा लगानी आकर्षित गर्न नेपाल सरकार र अमेरिकी सहयोग नियोगको संयुक्त पहलमा वि.स.२०१९ सालमा बालाजु औद्योगिक क्षेत्रको स्थापनाबाट मुलुकमा औद्योगिक क्षेत्रको आरम्भ भएको हो ।
औद्योगिक क्षेत्रहरूले उद्योग स्थापनाका लागि अति आवश्यक पर्ने आधारभूत पूर्वाधारहरू जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सुविधाहरू एकिकृत रूपमा उपलव्ध गराई मुलुकको आर्थिक क्षेत्र खास गरी आयात प्रतिस्थापन, निर्यात बृद्धि, स्थानीय सीप र साधनको परिचालन, रोजगारी सृजना गर्दै उद्योगहरूको प्रबद्र्धन एवं विकासमा महत्वपूर्ण योगदान पुऱ्याउंदै आएका छन् ।
नेपालको भौगोलिक तथा क्षेत्रीय आर्थिक सन्तुलनलाई ध्यानमा राखी स्थानीय लगानी, श्रम, सीप तथा कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित तथा औद्योगिक प्रबद्र्धन गर्न ११ वटा औद्योगिक क्षेत्रहरू स्थापना भएकोमा हाल १० वटा औद्योगिक क्षेत्रहरू देशका विभिन्न स्थानहरूमा संचालित छन् ।