Daiji Chhela

दैजी-छेला औद्योगिक क्षेत्र

संक्षिप्त जानकारी

दैजी-छेला औद्योगिक क्षेत्र

  • नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/१२/०१ गते कोनिर्णयबाट सुदूरपश्चिम प्रदेश अन्तर्गत कंचनपुर जिल्लामा साविकपूर्वमा छेला मुक्त कमैया बस्ति, पश्चीममा दैजी जोगबुढा सडक, उत्तरमा बन क्षेत्रर दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकि ९०० बिगाहा घोषणा भएको l मिति 2073।10।14 गतेको मन्त्रिपरिषद्को निर्णयबाट साबिकको चारकिल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडीथुमखोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती(राजमार्ग पश्चिमतर्फको पर्ति जग्गासमेत) कायम भएको ।
  • नेपाल सरकारको मिति २०७३/१/१२को निर्णय अनुसार
    1. नेपाल सरकार मन्त्रिपरिषद मिति २०७२/१२/०१ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएकाजग्गाहरुकोनापजाँच र सिमा छुट्याई क्षेत्रफल यकिन गरिदिने कार्य भूमिसुधार तथा व्यवस्था मन्त्रालयलेगर्ने ।
    2. खण्ड (१) बमोजिम कायम हुने जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापनलिमिटेडको नाममा कायम गर्ने ब्यबस्था भूमिसुधार तथा ब्यबस्था मन्त्रालयले मिलाउने ।
    3. खण्ड(१) बमोजिम कायम भएको औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडलाई दिने ब्यबस्था वन मन्त्रालयले मिलाउने ।
  • घोषणा भएको उक्त चार किल्लाभित्रकोजग्गा जिल्ला नापी कार्यालय, कञ्चनपुरबाट नापजाँच गरी नापनक्सा तथा फिल्डबुक तयार गरी करीब 294 बिगाह जग्गाको दर्ताको लागि जिल्ला मालपोत कार्यालयमा सिफारिस गरिएको ।
  • औ.क्षे.व्य.लि.को संचालक समितिको मिति २०७५/०८/२६ को बैठकबाट २४०.३४ हेक्टर (३५५.७०) बिगाह जगामा DPR सम्पन्नगरीस्वीकृत भएको।
  • वन तथा वातावरण मन्त्रालयबाट मिति 2077/4/18 गते वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको ।
  • आयोजना कूल लागत रु. ९ अर्ब।
  • औद्योगिक प्लटसंख्या र क्षेत्रफल: १०० प्लट मध्ये
    1. साना उद्योगको लागि २३ वटाप्लट छुट्याइएको जसमा७-१० कठ्ठा जग्गा रहेको
    2. मझौलाउद्योगको लागि ४४ वटाप्लट छुट्याइएको जसमा१०-२०कठ्ठा जग्गा रहेको
    3. ठूला उद्योगको लागि ३३वटाप्लट छुट्याइएको जसमा१-५ बिगाह जग्गा रहेको
    4. बिस्तृत अध्ययन प्रतिवेदन बमोजिम उद्योगहरुको क्लस्टर बमोजिम प्लट छुट्टयाइएको र स्थानीय कच्चापदार्थमा आधरित उद्योगलाई बिशेष ग्राह्यतारहेको|
    5. नेपाल सरकारको One Stop Service Center नीतिको आधारमा यस औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता ,भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाईन भएको
  • अनुमानित(प्रत्यक्ष तथा अप्रत्यक्ष्य)रोजगारीको संख्या : २२ हजार
  • बिस्तृतपरियोजना प्रतिवेदन तयार गर्नेक्रममा उद्योग स्थापनाका लागि आशयको पत्र माग गर्दा ३५० वटाआशय पत्र प्राप्त भएको ।
  • आयोजना पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७७/7८ देखि पाँच वर्ष सम्ममा सम्पन गर्ने लक्ष्य रहेको ।
  • बहुबर्षीय आयोजना घोषणा तथा बजेटकोसुनिश्चितताको लागि प्रस्ताबपेश भएको रनिर्माणको लगानीको आधार नेपाल सरकार मार्फत सुनिस्चित गरिने |
  • शिलान्यासभएको १ महिनाभित्र उद्योग स्थापनाको लागि मनशायपत्रआव्हान गरिने,आव्हानपत्रको आधारमा ६ महिनाभित्र उद्योगीहरुलाई चाहिने न्युनतमपूर्वाधारहरु(अस्थायी सडक,बिद्युत र पानी) को व्यवस्थापनगरी औद्योगिक क्षेत्र र उद्योगीहरुलेसंगसंगैआ-आफ्नो पूर्वाधारको निर्माण कार्यको थालनी गरी २ वर्षभित्र सम्पन्न गरी उद्योग संचालनमा ल्याउने र ५वर्षभित्रमाऔद्योगिक क्षेत्र व्यवस्थापन लि.ले सम्पूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको ।
  • हाल स्थापना हुने औद्योगिक क्षेत्रहरुमा उद्योगहरुलाईआकर्षण र प्रवर्द्धन गर्नको लागि
    1. न्युनतम ५बर्षको लागिजग्गाकोभाडामापूर्ण छुट र १० बर्षपछि मात्र पूर्णरुपमाभाडादर कायम हुने
    2. उद्योगले खपत गर्ने पानीमा सहुलियतको व्यवस्था गरिने।
    3. बिद्युत खपतको आधारमा छुट दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष्य अनुरोध गरिने।
    4. बिद्यमान रहेको औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापननियामावलीसमयसापेक्ष संशोधन गरी उद्योग मैत्री बनाईने।
    5. औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुलाई आवश्यक पर्ने कच्चापदार्थ मिल-मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने बिलम्ब शुल्क (Demurrage Charge )नलाग्ने कार्यको लागि पहल गर्ने ।
    6. औद्योगिकक्षेत्रभित्रको जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगलाई कठिन परिरहेको अवस्थालाई मध्येनजर राख्दै कर्जा प्रवाह सरलीकरण गर्न सहजीकरण गर्ने।