Mayurdhap

मयुरधाप औद्योगिक क्षेत्र

संक्षिप्त जानकारी

  • नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२/१२/०१ गतेको निर्णय अनुसार मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १६ को मयुरधाप, पूर्वमा मयुरधाप वस्ती, पश्चिममा कालापानी वस्ती, उत्तरमा रातामाटे डाँडा, दक्षिणमा उत्तरपानी चुरे वन र सो वरपरको खालि जग्गा समेतलाई ओगट्ने गरि ३०० विगाहा जाग्गामा मयूरधाप औद्योगिक क्षेत्र घोषणा भएको ।
  • नेपाल सरकारको मिति २०७३/१/१२ को निर्णय अनुसार
  1. नेपाल सरकार मन्त्रिपरिषद मिति २०७२/१२/०१ गतेको निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएका जग्गाहरुकोनापजाँच र सिमा छुट्याई क्षेत्रफल यकिन गरिदिने कार्य भूमिसुधार तथा व्यवस्था मन्त्रालयलेगर्ने ।
  2. खण्ड (१) बमोजिम कायम हुने जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापनलिमिटेडको नाममा कायम गर्ने ब्यबस्था भूमिसुधार तथा ब्यबस्था मन्त्रालयले मिलाउने ।
  3. खण्ड(१) बमोजिम कायम भएको औद्योगिक क्षेत्रको जग्गामा पर्ने वन क्षेत्रको जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडलाई दिने ब्यबस्था वन मन्त्रालयले मिलाउने ।
  • मिति:२०७३|०३|१४ मा १९९-१२-० बिगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा कायम भएको ।
  • संचालक समितिको मिति २०७५/०२/१९ गते बसेको बैठकबाट विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृतl

स्वीकृत DPR अनुसार:

  1. आयोजना स्थल हेटौडा उपमहानगरपालिका वडा नं.१६
  2. आयोजनाको क्षेत्रफ़ल:- १३४.८६ हेक्टर (१९९.१२ बिगाह)
  3. औद्योगिक प्लट संख्या:- ६२
  4. प्लटको आकार :- ७ देखि १४ रोपनी

सम्भावित उद्योगको प्रकार:-

  1. Paints Industries,Dairy Products,Soup Industries,Food Industries,Plastic Industries, Steel Industries, Rubber Industries,Wire Industries, Distillery Industries, Pipe Industries, Wood works Industries,Textile Industries, Cement Industries, Electro Mechanical Industries, Leather Industries.
  2. कुल परियोजना लागत:- रु. ७.०२ अर्व
  3. अनुमानितप्रत्यक्ष र अप्रत्यक्षरोजगारीकोसंख्या:- 10 हजार
  4. बिस्तृत अध्ययन प्रतिवेदन बमोजिम उद्योगहरुको क्लस्टर बमोजिम प्लट छुट्टयाइएको र स्थानीय कच्चापदार्थमा आधरित उद्योगलाई बिशेष ग्राह्यतारहेको|
  5. नेपाल सरकारको One Stop Service Center नीतिको आधारमा यस औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता,भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाईन भएको |
  • बिस्तृत परियोजना प्रतिबेदन(DPR) सम्बन्धी कार्यको क्रममा उद्योग स्थापनाको लागि आशय पत्र माग गर्दा२५० वटा आशयको पत्र प्राप्तl
  • नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय बमोजिम सुरक्षण मुद्रण बिभागलाई मुद्रण प्रेस स्थापना गर्न २५० रोपनी जग्गा उपलब्ध गराईएको |
  • मयुरधाप औ.क्षे.को वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन प्रयोजनको लागि पेश भएको क्षेत्र निर्धारण (SD) र कार्य सुची (TOR) नेपाल सरकार वन तथा वातावरण मन्त्रालय (मा. मन्त्रिस्तर) को मिति२०७७/10/१२ को निर्णय अनुसार स्वीकृत भई २०७७/११/०६ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
  • मिति २०७५/०७/०५ गते मयुरधाप औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना भएको l
  • श्री मालपोत कार्यालय मकवानपुर,हेटौडाको मिति २०७७/१०/०९ को मिसिल नंवर ६० को निर्णय बमोजिम साविक जग्गा धनी औद्योगिक क्षेत्र व्यवस्थापनलिमिटेड,वालाजु,काठमाण्डौकोनामबाट दर्ता बदर गरी उक्त जग्गा भोगाधिकार लिने प्रकृयामा रहेको ।
  • आयोजना पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७७/7८ देखि पाँच वर्ष सम्ममा सम्पन गर्ने लक्ष्य रहेको ।
  • बहुबर्षीय आयोजना घोषणा तथा बजेटकोसुनिश्चितताको लागि प्रस्ताब पेश भएको र निर्माणको लगानीको आधार नेपाल सरकार मार्फत सुनिस्चित गरिने |
  • शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाको लागि मनशायपत्र आवहान गरिने, आव्हान पत्रको आधारमा ६ महिना भित्र उद्योगीहरुलाई चाहिने न्युनतम पूर्वाधारहरु(अस्थाई सडक,बिद्युत र पानि) को व्यवस्थापनगरी औद्योगिक क्षेत्र र उद्योगीहरुलेसंग संगै आ-आफ्नो पूर्वाधारको निर्माण कार्यको थालनी गरी २ वर्ष भित्र सम्पन्न गरी उद्योग संचालनमा ल्याउने र ५ वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लि.ले सम्पूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको |
  • हाल स्थापना हुने औद्योगिक क्षेत्रहरुमा उद्योगहरुलाईआकर्षण र प्रवर्द्धन गर्नको लागि
  1. न्युनतम ५बर्षको लागिजग्गाको भाडामापूर्ण छुट र १० बर्ष पछि मात्र पूर्णरुपमा भाडादर कायम हुने |
  2. उद्योगले खपत गर्ने पानीमा सहुलियतको व्यवस्था गरिने छ ।
  3. बिद्युत खपतको आधारमा छुट दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष्य अनुरोध गरिने छ ।
  4. बिद्यमान रहेको औ.क्षेत्र व्यवस्थापन तथा संचालन नियामावली समय सापेक्ष्य संसोधन गरी उद्योग मैत्री बनाईनेछ ।
  5. औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुलाईआवश्यकपर्ने कच्चापदार्थ मिल-मेसिनरी पैठारी गर्दा भन्सारमा लाग्ने बिलम्ब शुल्क (Demurrage Charge ) नलाग्ने कार्यको लागि पहल गर्ने ।
  6. औद्योगिकक्षेत्रभित्रको जग्गामा उद्योग गर्दा बैंकबाट ऋण लिन उद्योगलाई कठिन परिरहेको अवस्थालाई मध्येनजर राख्दै कर्जा प्रवाह सरलीकरण गर्न ।